दाङको घोराहीमा ग्लोबल आईएमईको एक्स्टेन्सन काउन्‍टर सञ्चालनमा

५ बर्ष अगाडि

दाङको घोराहीमा ग्लोवल आइएमई बैंकको नँया एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएको छ ।

बैंकमा हुने सेवाग्राहीको बढ्दो चाप र विस्तार आबश्यकतालाई मध्यनजर गर्दैैैैैैैैैैैैैैैैै घोराहि उपमहानगरपालिका स्थित मालपोत कार्यलय परिसरमाएक्स्टेन्सन काउन्‍टर सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकको ४०औं एक्स्टेन्सन काउन्‍टरको उद्घाटन मालपोत कार्यालय, घोराहीका प्रमुख विनोदकुमार पौडेलले गरेका हुन ।

ग्लोबल आइएमई बैंकको ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जालसहित २३४ एटिएम, ४०एक्स्टेन्सन काउन्‍टर तथा राजस्‍व संकलन काउन्‍टर, २०३ शाखारहित बैंकिङ सेवा सहित ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया