नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको हो । यो पार्टी एकता भएको पनि चार महिना पुरा भएको छ । यो बीचमा सचिवालय निमार्ण महासचिव , प्रवक्ता चयन देखि प्रदेशको नेतृत्व चयनसम्म नै मत भिन्नता रहेको छ । पद बाँडफाडमा आफू चीन भएको समयमा एक तह तल राखेको भन्दै असंन्तुष्ट बनेका झलनाथ खनाल अहिले पनि कुनै समुहसंग नजिएका छैनन् ।
केहि समय अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलीसंग नजिक देखिएका माधवकुमार नेपाल पुन टाढीएका मात्र होइनन् पुन पुरानो गुट चलाउँदै छन् ।
केहि समय ओलीसंग नजिक भएका नेपाल दोस्रो वरियतामा त पुगे तर आफ्नो गुटको व्यवस्थापन गर्न सकेनन् । त्यतिमात्र होइन पहिलो पटक ओली प्रधानमन्त्री भएदेखि ओली निकट हुन खोजेका भीम रावल अहिले पुन नेपाल खेमामा फर्केर गुटका भेला गर्नमा व्यस्त रहेका छन् ।
ओलीले नै जानिबुझि सचिवालयमा नराखेको रावलको बुझाइृ छ ।प्रदेशको नेतृत्व चयनमा नेकपा भित्र चरम असंन्तुष्टि देखिएको छ । पूर्व एमालेको संस्थापन पक्ष अथवा ओली पक्ष एकलौटी हाबी भएको नेपाल समुहको आरोप छ । नेपालले घाना जानु भन्दा पहिला गुटको भेलामात्र तीन पटक गरे ।
भेलामा सहभागी एक नेताले भने ‘आफुहरुले सबै नेताहरुलाई समान रुपमा कार्यविभाजन होस ,कसैलाई काखा कसैलाई पाखा लगाउने प्रवृतिको विरुद्ध कसरी जाने भनेर छलफल गरेका हाै ।’केहि समय ओलीसंग नजिक देखिएका नेपाल पुन पुरानो गुटलाई एक जुट बनाएर बसेका छन् । उनको गुटबाट करिब एक बर्ष भन्दा बढी टाढा बसेका भीम रावल अहिले पुन सक्रिय भएका छन् । गत बर्षको चैत महिनामा हार्दिक होटलमा एक कार्यक्रम गरेर म यसकारण झलनाथ खनालवादी भए भनेका घनश्याम भुसाल र उनको टीम पनि पुन नेपाल वरिपरि गोलबन्द भएका छन् ।
प्रदेशको नेतृत्व तोक्नु भन्दा पहिला मात्र नेपाल समुहको भेला तीन पटक बसेको थियो । दुई पटक बानेश्वरको होटल अर्यालमा र एक पटक ललितपुरको तुलसिलाल प्रतिष्ठानमा । तीनवटै भेलामा नेपाल समुहका सबै नेताको उपस्थिती रहेको एक जना सहभागीले बताए । नेपाल समुहमा रहेका भेदुराम भुसाल,घनश्याम भुसाल,योगेश भट्राई,सुरेन्द्र पाण्डे,रघुजी पन्त लगाएतका नेताहरु सक्रिय रहेका छन् । गोप्य भेला र बैठकमा यी नेताहरु नै सहभागी हुन्छन् ।
यता ओली निकटहरुको नेतृत्व अहिले महासचिव विष्णु पौडेले गरेका छन् । प्रदेशको नेतृत्व तोक्नु भन्दा दुई दिन पहिला पौडेल निवासमा ओली बाहेकका नेताहरु भेटेर कसरी जाने भन्ने विषयमा छलफल भएको थियो । उक्त भेलामा बामदेव गौतम,ईश्वर पोख्रेल लगाएतका नेताहरु सहभागी भएका एक नेताले बताए ।
ओली समुह सकेसम्म नेपाल समुहलाई पेलेर जाने र त्यसको विकल्पमा पूर्व माओवादीसंग मिल्ने मनसायमा रहेको नेपाल समुहको बुझाइ रहेको एक नेपाल निकट नेताले बताए ।नेपाल समुहपनि आफूहरुलाई पेलेर गएमा सबै जिल्लामा अब बन्ने नेतृत्व र कमिटीमा समानान्तर बनाउनु परेपनि तयार हुनु पर्ने सोचमा रहेका छन् ।
झलनाथ खनाल भने अहिले गुट बिहिन बनेका छन् । नेपालले साथ छोड्दा भुसाल,भट्राई लगायतका युवाहरुले साथ दिएका थिए । तर पुन नेपालले आफ्नै पुरानो गुट बनाएपछि खनाल भने गुटबिहिन बनेका छन् ।
प्रतिक्रिया