आशा लघुवित्तको नाफामा पनि गिरावट

५ बर्ष अगाडि

काठमाडौं – आशा लघुवित्तले गत आर्थिक बर्षमा रु. ३ करोड ८१ लाख २ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
लघुवित्तको यो नाफा अघिल्लो आवका झिनो रुप्मा कम हो । अघिल्लो आवमा लघुवित्तले रु. ३ करोड ९५ लाख ८५ हजार खुद नाफा कमाएको थियो । 
समिक्षा बर्षसम्म लघुवित्तले ८१ करोड ८९ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आवसम्म लघुवत्तले नाफा रू. ४९ करोड ७६ लाख निक्षेप संकलन गरेको छ । 
यस्तै, लघुवित्तले समिक्षा बर्षसम्म लघुवित्तले २ अर्ब ३४ करोड ४६ लाख १८ हजार कर्जा प्रवाह गरेको छ । प्रवाहित कर्जाबाट लघुवित्तले गत आवमा ३६ करोड ११ लाख ४६ हजार कुल व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने १६ करोड ४५ लाख २८ हजार रहेको छ । 
हाल लघुवित्तको चुक्तापुँजी २३ करोड २२ लाख ८८ हजार रहेको छ । लघुवित्तले आफनो जगेडामा ७ करोड ४५ लाख ३८ हजार खुद  जम्मा गरेको छ । 
वित्तिय विवरणअनुसार लघुवित्तको प्रति शेयर आम्दानी १६.४०  रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात  ४७.५५, प्रतिशेयर नेटवर्थ १३२.०९, प्रतिशेयर कुल सम्पत्तिको मुल्य ११४७.२३ र तरलता अनुपात ८.३८ रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया