प्राइम लाइफ इस्योरेन्सको नाफा घट्यो, प्रति शेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं –  प्राइम लाइफ इस्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७६÷७७ मा रु. २९ करोड ८५ लाख ६४ हजार  खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आवको वित्तिय विवरणले यस्तो देखाएको हो । 
यद्यपि, कम्पनीको यो नाफा अघिल्लो आवको भन्दा कम हो । अघिल्लो आवमा कम्पनीले रु. ३१ करोड ३० लाख ९७ हजार खुद नाफा कमाएको थियो । बीमांकीय मुल्यांकन पछि कम्पनीको नाफा अझै बढ्ने छ । 

समिक्षा बर्षमा कम्पनीले ३ अर्ब ३० करोड १ लाख बीमाशुल्क संकलन गरेको छ । कम्पनीको हालसम्मको बीमाशुल्क संकलन भने रु. १८ अर्ब ४४ करोड ८४ लाख रहेको छ । 
कम्पनीले १० अर्ब ८७ करोड भन्दा बढी रकम दिर्घकालिन रुपमा नै लगानी गरेको छ । अल्पकालिन रुपमा भने २ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । कम्पनीले बीमालेख धिता राखेर भने रु. १ अर्ब १९ करोड भन्दा बढी कजा प्रवाह गरेको छ । 
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रहेको छ । कम्पनीले आफ्नो जगेडामा ८८ करोड ९८ लाख रुपैयाँ जम्मा गरेको छ । कम्पनीको जीवन कोषमा भने रु. ११ अर्ब ४७ करोड ६६ लाख रुपैयाँ जम्मा भएको छ । 
वित्तिय विवरणअनुसार कम्पनीको प्रति शेयर आम्दानी रु. १३.२२ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात  ४०.१८, प्रति शेयर नेटवर्थ १४५.५६, प्रतिशेयर कुल सम्पत्तिको मुल्य ७०४.८४  रहेको वित्तिय विवरणमा उल्लेख छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया