नेपाल बैंकको नाफामा गिरावट

५ बर्ष अगाडि

काठमाडौं –  गत आर्थिक बर्ष २०७६÷७७ मा नेपाल बैंक लिमिटेडको नाफा १६ दशमलव ६८ प्रतिशतले घटेको छ । बैंकले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीले अघिल्लो आवमा रू. ४ अर्ब ६१ करोड १६ लाख खुद नाफा कमाएको थियो । तर, गत आवमा भने रू. ३ अर्ब ८४ करोड २२ लाख खुद नाफा कमाएको वित्तिय विवरणमा उल्लेख छ ।
समिक्षा बर्षसम्म बैंकले रु. १ खर्ब ४२ अर्ब ११ करोड ४२ लाख निक्षेप संकलन गरेको छ । बैंकको कर्जा प्रवाह भने रु. १ खर्ब ४ अर्ब ५८ करोड ८२ लाख रहेको छ । 
प्रवाहित कर्जाबाट बैंकले गत आवमा रु. ११ अर्ब ५२ करोड ६९ लाख ७० हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ५ अर्ब ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ । 
हाल बैंकको चुक्तापुँजी रू. ११ अर्ब २८ करोड २८ लाख रहेको छ । बैंकले आफ्नो जगेडाकोषमा १२ अर्ब ९८ करोड रुपैयाँ जम्मा गरेको छ ।  
वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दानी २२.६६ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ २६७.५०, पीई रेसियो १०.९९ रहेको छ । 

कोरोनाको महामारीका कारण राष्ट्र बैंकले व्याज भुक्तानीको अवधी बढाएको छ । फलस्वरुप बैंकहरुको व्याज  उठ्न सकेको छैन, फलस्वरुप बैंकहरुको व्यवासय प्रभावित भएको हो ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया