काठमाडौं – सिटिजन्स लाइफ इस्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७६÷७७ मा रू. २० करोड ७ लाख १८ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा अघिल्लो आवको भन्दा ३० दशमलव ६७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले रु. १५ करोड ३६ लाख ६ हजार नाफा कमाएको थियो । बीमांकीय मुल्यांकन पछि कम्पनीको नाफा अझै बढ्ने छ ।
समिक्षा बर्षमा कम्पनीले १ अर्ब ९६ करोड ८३ लाख बीमाशुल्क संकलन गरेको छ । कम्पनीको हालसम्मको बीमाशुल्क संकलन भने रु. ३ अर्ब ५३ करोड ५३ लाख रहेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब १६ करोड ५१ लाख बीमाशुल्क संकलन गरेको थियो ।
कम्पनीले ३ अर्ब ५० करोड भन्दा बढी रकम दिर्घकालिन रुपमा नै लगानी गरेको छ । अल्पकालिन रुपमा भने ३६ करोड ५ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । कम्पनीले बीमलेख धितो राखेर ११ करोड ४३ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ७५ करोड रहेको छ । कम्पनीले आफ्नो जगेडामा ४९ करोड ६१ लाख रुपैयाँ जम्मा गरेको छ । कम्पनीको जीवन कोषमा भने रु. १ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ जम्मा भएको छ ।
प्रतिक्रिया