नेपाल विद्यार्थी संघद्धारा काठमाडौंमा चक्काजाम

७ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै काठमाडौंमा चक्काजाम गरेको छ । 

सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएकोमा विरोध गर्दै संघले सोमबार एक घण्टा काठमाडौंको प्रर्दशनी मार्गमा चक्काजाम गरेको हो । चाडपर्वका बेला सर्वसाधारणलाई झनै मारमा पार्नेगरी सरकारले यातायातमा समेत भाडा वृद्धि गरेकाले त्यसको विरोधमा एक घण्टा चक्काजाम गर्नु परेको संघका केन्द्रिय उपाध्यक्ष सागर परियारले जानकारी दिनु भयो । उहाँले वृद्धि गरिएको यातायात, पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धि तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिनु भयो ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया