यस्तो छ वाम एकता कार्यदल बैठकको ताजा निर्णय

७ बर्ष अगाडि

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्नका लागि बनेको  विधान मस्यौदा कार्यदलको बैठकले २ उपसमिति बनाएको छ ।  
मंगलबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यदलको बैठकले विधान खाका तयार गर्न र जनवर्गीय संगठनको एकीकरणसम्बन्धी प्रस्ताव तयार गर्न दुई उपसमिति बनाएको कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए । 
विधान खाका तयार गर्न  वर्षमान पुन र वेदुराम भुसाललाई जिम्मा  दिइएको छ  भने  जनवर्गाीय संगठनको एकीकरणसम्बन्धी प्रस्ताव गर्न गिरीराजमणि पोखरेल र  गोकर्ण विष्टलाई दिइएको छ । दुबै उपसमितिले २२ गतेको कार्यदलको बैठकमा आफ्नो प्रतिवेदन बुझाउने छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया