आज जोर नम्बरका सवारीसाधन मात्र चल्ने

५ बर्ष अगाडि

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भिडभाड कम गर्न सरकारले आजदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु गरेको छ । 

गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको हो । 

नयाँ नियम अनुसार आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चलाउन पाइने छ । लकडाउन खोलेपछि नेपालमा झन् कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो ।

आजैदेखि दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा पनि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ । 

त्यस्तै अत्यावश्यक ढुवानीबाहेकका गाडीहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया