कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर सरकारले हिँडडुल र सवारी सञ्चालनमा कडाइ गरेको छ ।
हिँडडुलमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म रोक लगाएको सरकारले निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।
यी दुवै नियम काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा भोली (बिहीबार)देखि नै लागू हुने मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए ।
‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन’, उनले भने ।
सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।
तर कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाएका थिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए ।
प्रतिक्रिया