नेपालमा गएको २४ घण्टामा थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।
यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । योसंगै मृतकको संख्या ६० पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ६,१७४ छ।
पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा रहेका छन्।
प्रतिक्रिया