आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १७.९९ अंकले ओरालो लागेको छ ।
कारोबार सुरुबाटै ओरालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १८ अकंले ओरालो लागेको हो ।
आज १४०३.८८ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३८५.८७ को बिन्दुमा पुगेको छ ।
आज १४०३.८८ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२:४५ बजेसम्म आउँदा त्यो परिसुचक १.२८ प्रतिशतले घटेको छ ।
अहिले कारोबार भईरहेका १६८ कम्पनीको ७ लाख ३४ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २७ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ४ करोड १४ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया