काठमाडौं – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ आवेदेन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले छिटोमा गत साउन १६ गतेदेखि २१ गतेसम्म आईपीओ निष्काशन गर्ने बताएको थियो । आईपीओमा आवश्यक भन्दा बढी आवेदन परेपछि बुधबार नै निष्काशन बन्द गर्न लागिएको हो ।
कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरमा ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसमा ४.४४ गुणा बढी आवेदन परिसकेको छ । मंगलबार साँझ ५ बजेसम्ममा ३ लाख ३४ हजार २९२ जना आवेदकले रु. १ अर्ब ४० करोडको शेयर माग गरेका छन् ।
हाल कम्पनीको जारी पूँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको रहेको छ, त्यसको ३० प्रतिशतको मात्रामा आईपीओ निष्काशन गरिएको हो ।
कुल कित्ता मध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि छुट्टाइएको छ । बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्तामा सर्वसाधरणले पाउने छन् ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिक्तम सबै कितमा आवेदन दिन सक्नेछन् । यस आईपीओको बिक्री प्रवन्धक सानिमा क्यापिटल रहेको छ । कम्पनीको यो आईपीओलाई केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ ।
प्रतिक्रिया