सुनको मुल्यले तोड्यो रेकर्ड  : प्रतितोला १ लाख नाघ्यो

५ बर्ष अगाडि

बुधबार पनि नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

पछिल्लो समय स्थानीय बजारमा सुनको मुल्यले एकपछि अर्कौ गर्दै ऐतिहासिक रेकर्ड कायम गर्दैआइरहेको थियो ।सुनको मुल्य एकैदिन १६ सय रुपैयाँले बढेर एतिहासिक रेकर्ड कायम गरेको हो ।

मगंलबार छापावाला सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो भने आज बुधबार १ लाख १ हजार ४  सयमा पुुगेर हाल सम्मकै उच्च बिन्दुमा रहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ। 

त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख ९०० रुपैयामा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य हालसम्मकै उच्च हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया