मेगा बैंकले मुद्दती निक्षेपको व्याजदर बढायो, कति पाइन्छ व्याज ?

५ बर्ष अगाडि

काठमाडौं – मेगा बैंक लिमिटेडले मुद्दती निक्षेपमा दिने व्याजदर बढाएको छ । बैंकले मंगलबार एक सुचना जारी गर्दै आजदेखि नै लागू हुने गरि व्यक्तिगत मुद्दती निक्षेपको व्याजदर बढाएको हो । 
अहिले बैंकहरुले व्याजदर सम्बन्धी भद्र सहमति तोडेका छन्, त्यसपछि बैंकहरुले आफुखुसी नै व्याजदर निर्धारण गर्दै आएको छन् । सो शिलशिलामा मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ प्रतिशत व्याजदर दिने घोषण गरेको छ । 
कम्तीमा ३ महिना वा त्यस भन्दा बढी समयका लागि पैसा राख्ने ग्राहकले यस्तो सुविधा पाउने छन् ।
मेगा बैंकले गत साउन ८ गते मात्र नयाँ व्याजदर सार्वजनिक गर्दै व्यक्तिगत मुद्दती निक्षेपमा ७.२५ प्रतिशत व्याजदर दिने बताएको थियो । तर, अहिले १ प्रतिशत विन्दुले व्याजदर बढाएर मेगा बैंकले नयाँ व्याजदर घोषणा गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया