काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक बर्ष २०७६/७७ को तेस्रो त्रैमासमा कुल रु. ९१ करोड ६१ लाख ५५ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा अघिल्लो आवको सो अवधीको भन्दा २.७७ प्रतिशतले बढी हो । अघिल्लो आवको समिक्षा अवधीमा उक्त कम्पनीले रु. ८९ करोड १३ लाख ७५ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीमा निर्जीवन बीमा तर्फको पुनर्बीमा व्यवसायबाट रु. ८२ करोड ५० लाख ७७ हजार खुद नाफा कमाएको छ । यस्तै, जीवन पुनर्बीमा व्यवसायबाट कम्पनीले रु. ९ करोड १० लाख ७८ हजार खुद नाफा माएको छ ।
समिक्षा अवधीमा कम्पनीले निर्जीवन पुनर्बीमा व्यवसायबाट रु. ४ अर्ब ६२ करोड ८४ लाख खुद बीमाशुल्क संकलन गरेको छ । जीवन पुनर्बीमाबाट भने रु. ३१ करोड २२ लाख ५२ हजार बीमाशुल्क संकलन गरेको छ । कम्पनीले जम्मा ४ अर्ब ९४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको देखिन्छ ।
समिक्षा अवधीसम्म कम्पनीको चुक्तापुँजी रु. ८ अर्ब ४० करोड रहेको छ । यद्यपि, अहिले कम्पनीको चुत्तापुँजी रु. १० अर्ब पुगेको छ ।
कम्पनीकाले जगेडामा २ अर्ब ७९ करोड, बीमा कोषमा १ अर्ब ४७ करोड ५० लाख रुपैयाँ जम्मा गरेको छ ।
प्रतिक्रिया