गोरखा फुजेलका नुरप्रसाद अधिकारीले आइतवार उच्च अदालत पाटनमा तोडफोड गरेका छन् । फुजेल काण्डले चर्चामा आएका उनले उच्च अदालतका न्यायाधीश रमेश पोखरेल र शेखरप्रसाद पौडेलको इजलाशले गरेको फैसलाप्रति ओक्रोश व्यक्त गर्दै नुरप्रसाद इजलाशमै तोडफोड गरेका हुन् ।
अदालत स्रोतका अनुसार नुरप्रसाद खिचोला मेटाइ, घर भत्काइ मुद्दाका बाटो कायम गरिपाउँ भन्ने मुद्दाका वादीको तर्फबाट वारेश भएर उच्च अदालत पुगेका थिए । जिल्ला अदालत ललितपुरको फैसलामा चित्त नबुझेर उच्च अदालत गएकी बिन्दु घतानी सुनारको वारेश भएर नुरप्रसाद सोमवार उच्च अदालत गएका थिए । उच्च अदालतले जिल्ला अदालत ललितपुरकै फैसला सदर गरिदिएपछि नुरप्रसादले अदालत परिसरमा तोडफोड गरेका हुन् ।
बिन्दु घतानी सुनारले घर भत्काएर आफ्नालागि बाटो बनाउने आदेश माग गर्दै छिमेकी दिपिका सुनुवार र जानुका सुनारलगायत विरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
जिल्ला अदालतको फैसला आफ्नो पक्षमा नआएपछि बिन्दु उच्च अदालत गएकी थिइन् । उच्चले पनि जिल्लाकै फैसला सदर गरेपछि उनको वारेश बनेर गएका नुरप्रसादले अदालत परिसरमा तोडफोड गरेका हुन् ।
नुरप्रसादले इजलाश अधिकृत रोशन बस्नेत बसेको कुर्सी, टेबुल तथा झ्यालमा तोडफोड गरेर क्षति पुर्याएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । अदालतमा तोडफोड गरेका नुरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया