निमोनिया भएर आएका बिरामीमा कोरोना भेटिएपछि लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक क्वारेण्टाइनमा

५ बर्ष अगाडि

नियोनियाको उपचारमा आएका बिरामीलाई कोरोना संक्रमण पुष्टि भएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीलाई क्वारेण्टाइनमा पठाइएको छ । 

अस्पतालकै प्रयोगशालामा गरिएको परिक्षणमा कपिलबस्तुका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई क्वारेन्टिनमा पठाइसकिएको सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

निमोनियको लक्षण देखिएर आइतबार अस्पताल पुगेर आकस्मिक कक्षमा भर्ना भएका ति व्यक्ति सोमबार साधारण बेडमा सरेका थिए । 

२२ वर्षीय ती पुरुषको रिपोर्ट पोजेटिभ आएपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई क्वारेन्टिनमा पठाइसकिएको सूचना अधिकारी डा. गौतमले बताए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया