नेप्से परिसूचक ७ अकंले बढ्यो, १ अर्ब २९ करोड माथिको कारोबार

५ बर्ष अगाडि

साताको दोस्रो  कारोबारका दिन (आज सोमबार) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अकंले बढेर बन्द भएको छ ।

कारोबारको शुरुवातमा ओरालो त्यसपछि  उकालो यात्रा लागेको नेप्से परिसूचक आज भने ७ अंकको हारहारीमा उकालो लागेको हो ।

आज १३९३.०२ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १४०३.८७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज सेन्सेटीभ सूचक पनि १.४७ अंकले बढेकोे  छ । आज कारोबारका लागी आएका  १२ उपसूचक मध्य ९ उपसूचक बढे्का छन् ।

त्यस्तै, आज कारोबारका लागी आएका १९० कम्पनीको ५३ लाख ४२ हजारभन्दा कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्येप्रभु बैंक लिमिटेडले १ लाख २२ हजार  शेयर कित्ता खरिद बिक्री हुदाँ ३४ करोड २९ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया