आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टाको अन्तिम समयसम्म आउँदा १.५६ अंकले उकालो लागेको छ ।
कारोबार सुरुमा ओरालो लागेको नेप्से कारोबार २ घण्टा बित्दा ०.११ प्रतिशतले उकालो लागेको छ ।
आज १४९३.०२ को बिन्दुबाट सुरु भएको कारोबार १ बजेसम्म आइपुग्दा १३९७.८४ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये ६ उपसमुह मात्र बढेका छन ।
हालसम्म कारोबार भईरहेका १८२ कम्पनीको १२ लाख ५० हजार शेयर कित्ता खरिद विक्री हुदाँ ५० करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ६ करोड ६६ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया