कारोबारको पहिलो घण्टा: ओरालो लाग्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ५.२९ अंकले ओरालो लागेको छ ।

कारोबार सुरुबाटै ओरालो  यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ६ अकंले ओरालो लागेको हो ।

आज १३९३.०२ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३९०.९९ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को १३९३.०२  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक  ०.३८ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य २ वटा मात्र उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १६९ कम्पनीको ७ लाख ५६ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३२ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया