प्यूठान । प्यूठान नगरपालिका ७ बाग्दुला प्यूठानमा ट्याक्टर मुनी च्यापिएर २२ महिने कविता सुनारको मृत्यु भएको छ ।
झिम्रुक नदीमा बालुवा ल्याउन जाँदै गर्दा रा १ त २७६५ नम्बरको ट्याक्टरमा परी नौ बहिनी गा।पा। १ स्याउलिवाङ स्थायी घर भै बाग्दुलामा बस्दै आएकी दिपक सुनारको छोरी कविता सुनारको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय प्यूठानका प्रमुबख छविलाल ढकालले जानकारी दिए ।
बालिकाको उपचारकै क्रममा आज ९आइतवार० साझ करिब ६ बजे जिल्ला अस्पताल विजुवारमा मृत्यु भएको हो भने करिब ४ बजे उक्त घटना भएको थियो । घोराही महानगरपालिका १० दाङ निवासी ट्याक्टर चालक जनक चौधरी यतिवेला प्रहरी नियन्त्रणमा रहेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया