बाढीले बेपत्ता २० जना फेला नपर्दै सिन्धुपाल्चोकमा फेरी ८ जनालाई पहिरोले पुर्‍याे, बाग्लुङ्गमा १३ परिवार विस्थापित

५ बर्ष अगाडि

गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् ।
     
कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएको  इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । 

निर्माणाधीन कभर्डहलमा विहान २ बजे पहिरो गएको थियो । त्यसपछि उद्धारमा खटिएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले तीनघण्टाको प्रयासमा एकजनाको उद्धार गरेको तामाङ््ले बताए । 

उद्धार गरिएका भारतीय नागरिकलाई प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए ।

गत असार २४ गते राति सिन्धुपाल्चोकका भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझैसम्म फेला परेका छैनन् ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया