नेपालमा बितेको २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।कोरोनाभाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ३ सय ३२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १ सय ११ डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५,६७२ छ।
विगत २४ घण्टामा पीसीआर विधिबाट ८,८६१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
अहिले देशभरि १०,६०० भन्दा बढी मानिस क्वारन्टीनमा छन्।
प्रतिक्रिया