आज नेपाल स्टक एक्सचेन्ज ( नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा २. ९७ प्रतिशतले घटेको छ ।
कारोबार सुरुमा केही समय उकालो लागेकोे नेप्से ४ घण्टाको अवधिमा ४२.७८ अंकले ओरालो लागेको छ ।
आज १४४१.१६ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आइपुग्दा १३९६.२८ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये सबै उपसमुह घटेका छन् ।
कारोबारको अँिन्तम समयसम्म कारोबारमा आएका १८९ कम्पनीको ४६ लाख ६१ हजार शेयर कित्ता २७ हजार ८ सय ६० पटक खरिद विक्री हुदाँ १अर्ब ८४ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ३ लाख ८२ हजार २ सय ५९ शेयर कित्ता खरिद बिक्री हुदाँ २२ करोड ६५ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया