दोस्रो घण्टाको अन्तिम समयसम्म आइपुग्दा ३५ अंकले घट्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज ( नेप्से) परिसुचक कारोबारको  दोस्रो घण्टाको अन्तिम समयसम्म आउँदा  ३५.७७ अंकले ओरालो लागेको छ ।

कारोबार सुरुमा केही समय उकालो लागेकोे नेप्से कारोबार २ घण्टा बित्दा २.४९  प्रतिशतले  ओरालो लागेको छ ।

आज १४४१.१६ को बिन्दुबाट सुरु भएको कारोबार १ बजेसम्म आइपुग्दा  १४०३.२९ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये सबै उपसमुह ओरालो यात्रामा  छन् ।

हालसम्म कारोबार भईरहेका १८५ कम्पनीको २२ लाख ६२ हजार शेयर कित्ता १३ हजार ५ सय २७ पटक  खरिद विक्री हुदाँ ८७  करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले १४ करोड ४९ लाल बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया