काठमाडौं, असोज ७ । यातयात व्यवस्था विभागले दसैंको मुखमा भाडा वृद्धि गर्नु विभागको बाध्यता भएको जनाएको छ ।
व्यवसायीहरुले दसैंका लागि अग्रिम टिकट बिक्री नै रोकेपछि उनीहरुको माग र इन्धनको मूल्य बढेकाले भाडादर बढाउनुपरेको विभागको भनाइ छ ।
इन्धनको भाउ बढेकाले भाडा वृद्धि गर्न विभाग पनि बाध्य हुनुपरेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार भएको व्यवसायीसँगको वार्तामा हालै भएको इन्धनको मूल्यवृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको थियो ।
चाडपर्वको मुखमा भाडा बढाउँदा यात्रीहरु मर्कामा परेका छन् । १० प्रतिशत भाडा बढाएपनि छोटो दूरीमा चल्ने भाडामा भने वृद्धि नआउने विभागले जनाएको छ ।
प्रतिक्रिया