काठमाडौं – गत हप्ता प्रि–ओपनिङ सेसनमा शेयर कारोबार हुन नसक्दा नियमति शेयर कारोबार हुन नसेको अजोड इस्योरेन्सको नियमीत कारोबारअन्ततः आजदेखि सुरु भएको छ । गत मंगलबारदेखि नियमित कारोबार गर्ने गरि गत सोमबार नै उक्त कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको थियो । तर, प्रि–ओपनिङ सेसनमा खरीद आदेश प्राप्त भएपनि विक्री आदेश नहुँदा नियमीत कारोबार हुन सकेको थिएन।
तर, आइतबारदेखि उक्त कम्पनीको शेयर कारोबार सुरु भएको नेप्सेको सिस्टममा देख्न सकिन्छ ।
नेप्सले पहिलो कारोबारका लागि रू.८७ देखि रू. २९१ सम्मको सीमा प्रदान गरेको थियो । सोही बमोजीम आज २९१ रुपैयाँबाट उक्त कम्पनीको शेयर कारोबार सुरु भएको छ ।
साथै, कारोबार सुरु भएको केही समयमा नै अजोड इस्योरेन्सको शेयर मुल्यमा सकरात्मक सर्किट ब्रेकर लागेको छ । हाल उक्त कम्पनीको शेयर मुल्य ९.९७ प्रतिशतले बढेर ३२० रुपैयाँ पुगेको छ । मार्कट डेप्थअनुसार अजोड इस्योरेन्सको शेयर खरिद गर्नेको चाप देखिन्छ तर बिक्री गर्नेको संख्या शुन्य छ ।
एक अर्ब चुक्तापुँजी भएको उक्त कम्पनीले केही हप्ता अगाडि ३० करोड रुपैयाँको आईपीओ बिक्री गरेको थियो ।
प्रतिक्रिया