आरएमडीसी लघुवित्तको नाफा घट्यो, अन्य परिसुचक कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं –  आरएमडीसी लघुवित्त वित्तिय संस्थाले गत आार्थिक बर्ष २०७÷७७ मा रु. २८ करोड ५१ लाख ४९ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको गत आवको वित्तिय विवरणले यस्तो देखाएको हो ।
लघुवित्तको यो नाफा अघिल्लो आव २०७५÷७६ को भन्दा  १३ दशमलव ३८ प्रतिशतले बढी हो । ्उक्त आवमा लघुवित्तले रु. ३२ करोड ९२ लाख १४ हजार खुद नाफा कमाएको थियो । 
गत आवसम्म लघुवित्तले  रू. ८ अर्ब ६ करोड ८३ लाख कर्जा भएको वित्तिय विवरणमा उल्लेख छ ।  प्रवाहित कर्जाबाट लघुवित्तले गत आवमा रू. १ अर्ब १० करोड १ लाख व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने रू. ४६ करोड २ लाख ७४ हजार रहेको छ ।
हाल लघुवित्तको चुक्तापुँजी रु. ८९ करोड ९३ लाख २३  रहेको छ । लघुवित्तले जगेडामा भने रु. १ अर्ब ६९ करोड ९९ लाख ६१ हजार जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी ३१.७१  रुपैयाँ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात २२.११, तरलता अनुपात १४.८९ प्रतिशत प्रति शेयर नेटवर्थ २८९.०३, प्रतिशेयर कुल सम्पत्ति मुल्य रु. १ हजार १११.०५ र पुँजी कोष अनुपात २६.६० प्रतिशत रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया