पछिल्लो समय स्थानीय बजारमा सुनको मुल्यले एकपछि अर्काै गर्दै ऐतिहासिक रेकर्ड कायम गरीरहेको छ ।
त्यस्तै आज साताको पहिलो दिन आइतबार पनि सुन रु ३ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो।
शुक्रबार छापावाला सुन प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको थियो भने आज आइतबार बढेर ९९ हजार ६ सयमा पुुगेर हाल सम्मकै उच्च बिन्दुमा रहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।
त्यस्तै,आज तेजावी सुन प्रतितोला ९९ हजार १६० रुपैयामा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदीको मुल्य भने शुक्रबारको तुलनामा ३० रुपैयाले बढेर प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य हालसम्मकै उच्च हो ।
प्रतिक्रिया