हालै आईपीओ जारी गरेको साधाना लघुवित्तको नाफा १५१ % ले बढ्यो

५ बर्ष अगाडि

काठमाडौं –  हालै आईपीओ निष्काशन गरेको साधाना लघुवित्त वित्तिय संस्थाले रू. ४ करोड २ लाख ८७ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको गत आवको वित्तिय विवरणले यस्तो देखाएको हो ।
लघुवित्तको यो नाफा अघिल्लो आव २०७५÷७६ को भन्दा १५१.१५ प्रतिशतले बढी हो । उक्त आवमा लघुवित्तले रु. १ करोड ६० लाख ४० हजार खुद नाफा कमाएको थियो ।
गत आवसम्म लघुवित्तले आफ्ना सदस्यहरुबाट रू. ४५ करोड ५३ लाख ५१ हजार डिपोजिट संकलन गरेको छ । यस्तै, रू. १ अर्ब ७१ करोड ६ लाख ५४ हजार कर्जा भएको वित्तिय विवरणमा उल्लेख छ ।
प्रवाहित कर्जाबाट लघुवित्तले गत आवमा रू. २८ करोड २८ लाख २४ हजार व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने रू. १३ करोड ७३ लाख ४४ हजार रहेको छ ।
हाल लघुवित्तको चुक्तापुँजी रु. २१ करोड ७७ लाख ८० हजार रहेको छ । लघुवित्तले जगेडामा भने रु. ६ करोड १२ लाख ६८ हजार जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार लघुवित्तको प्रतिशेयर आम्दानी १८.५०, प्रतिशत शेयर नेटवर्थ १२८.१३, प्रति शेयर कुल सम्पत्ति मुल्य ९१७.९०, तरलता अनुपात १३.९७ रहेको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया