उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु

५ बर्ष अगाडि

पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा। विष्णु शर्माका अनुसार ती महिला साउन ६ गते भर्ना भएकी थिइन् । ती महिलामा उच्च रक्तचापको समस्या रहेको उनले जानकारी दिए । 

वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखोकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्नुपरेको थियो । आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया