स्थानीय बजारमा पछिल्लो समय सुनको मुल्यको ऐतिहासिक रेर्कड कायम गरीरहेको छ ।
त्यस्तै आज शुक्रबार पनि सुनको मुल्यले अर्काे एतिहासिक रेर्कड कायम गरेको छ ।
आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ ।
बिहिबार सुनको मुल्य प्रतितोला रु। ९९ हजार रुपैया कायम गरिएको थियो भने आज शुक्रबार ९९ हजार ३०० मा पुगेर हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आजका लागि तेजावी सुनको मुल्य ९८ हजार ८६५ रुपैयाँ तोकिएको छ ।
महासंघकाअनुसार आज चाँदीको मुल्य भने २५ रुपैयाले घटेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया