किसानको समस्या : कुखुरापालन गर्दा लिएको ऋण तिर्न नसकेपछि अपहरणको नाटक

५ बर्ष अगाडि

सिन्धुपाल्चोकमा एक किसानले कुखुरापालन गर्नका लागि लिएको ऋण तिर्न नसकेपछि अपहरणको अभिनय गरेका छन् ।    

बाह्रबिसे नगरपालिका–४ का जीवन खत्रीले ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका हुन् ।      

अज्ञात व्यक्तिले अपहरण गरेको भनेर आफै प्रहरीलाई खबर गरेका उनलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ ।

उनलाई खोज्न परिचालन भएको प्रहरीले बुधबार साँझ ७ बजे सुनकोशी गाउँपालिका–५ यमुनाडाँडास्थित फूपूको घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । 

वर्ष दिनअघिदेखि गाउँमा कुखुरापालन गरेर बसेका उनले ऋण सापटी लिएको पैसा तत्काल तिर्नुपर्ने भएपनि लकडाउनका कारण कुखुरापालनमा डुबेपछि ऋण तिर्न नसकेर यस्तो अभिनय गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

उनलाई अपहरणको नाटक गरी झुटा अपवाह फैलाइ समाजमा नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।      
 

५ बर्ष अगाडि

प्रतिक्रिया