गएको चौबीस घण्टामा  थप २७४ जनामा कोरोना सङ्क्रमण पुष्टि

५ बर्ष अगाडि

नेपालमा गएको २४ घण्टामा थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,५४७ पुगेको छ।

अहिलेसम्म ५२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा २२७ जना निको भएसँगै अहिलेसम्म १४,२४८ जना रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,२२७ व्यक्ति देशभरि छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया