सुनको मुल्यमा फेरि नयाँ किर्तिमान, प्रतितोला ९९ हजार

५ बर्ष अगाडि

स्थानीय बजारमा पछिल्लो समय सुनको मुल्यको ऐतिहासिक रेर्कड कायम गरीरहेको छ ।  

सोही क्रममा आज बिहीबार पनि सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ । 
बिहिबार सुनको मुल्य प्रतितोला रु। ९९ हजार रुपैया कायम गरिएको छ, जुन हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । 
हिजो सुनको मुल्य ९८ हजार ५०० रुपैयाँ रहेको थियो । बुधबारसम्ममा सोही मुल्यनै सर्वाधिक थियो । 

यस्तै, आजका लागि तेजावी सुनको मुल्य ९८ हजार ५६० रुपैयाँ तोकिएको छ । 
महासंघकाअनुसार आज चाँदीको मुल्य भने स्थिर रहि प्रतितोला १२२५ रुपैयाँमा कारोबार भइरहेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया