एनएलजी इन्स्योरेन्सले लिलामीमा शेयर बिक्री गर्दै

५ बर्ष अगाडि

काठमाडौं – एनएलजी इन्स्योरेन्सले बिक्री नभएको १ लाख ६१ हजार ७८ कित्ता हकप्रद शेयर शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले बिहीबार एक सुचना जारी गर्दै सो बराबरको हकप्रद शेयर लिलामीमा बिmत्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको ७९ हजार ८५३ दशमलव २५ कित्ता र संस्थापक समूहको ८१ हजार २ सय २४ दशमलव ७५ कित्ता शेयर लिलामीमा बिक्री लागेको हो । 
कम्पनीले उक्त शेयर लिलामीमा किन्न चाहाने व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूलाई यही साउन २२ गते देखि साउन २९ गते बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश आह्वान गरेको छ । 
कम्पनीले फागुन २२ गतेदेखि असारदेखि २५ गतेसम्म १० बराबर ६ अनुपातमा ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो । त्यसमा ३६ लाख ८१ हजार ३५९ कित्ता शेयरमा मात्र बिक्री भएको थियो । 
शेयरको न्यूनतम मुल्य १०० रुपैयाँ तोकिएको छ भने प्रतिस्पर्धात्मक मुल्यमा आवेदन दिनुपर्र्ने छ । एक आवेककले न्यूनतम १०० कित्ता शेयरमा आवेदन दिनुपर्ने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया