सानिमा बैंकको डिजिटल काउण्टर संचालनमा, क्यूआर कोड स्क्यान गरी पैसा लिकाल्न सकिने

५ बर्ष अगाडि

सानिमा बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त बैङ्किङ सेवाहरु संचालन गर्दै आइरहेको छ ।

सोही क्रममा बैंकले यही साउन १३ गतेदेखि डिजिटल काउण्टर संचालनमा ल्याएको छ । 

अब डिजिटल काउण्टरमार्फत सानिमा बैंकका ग्राहकहरुले चेक बिना नै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न मोबाइल बैङ्किङ एप “सानिमा सजिलो ई बैंकिङ्ग”बाट नक्साल शाखामा रहेको डिजिटल काउण्टरमा गएर क्यूआर कोड स्क्यान गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।

ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रिया बिना सिधै डिजिटल काउण्टरमा रहेको क्युआर कोड स्क्यान गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया