थप २१० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
योसँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,२७३ पुगेको छ।
अहिलेसम्म ४९ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १४६ जना निको भएसँगै अहिलेसम्म १४,०२१ जना रोगमुक्त भएका छन्।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,२०३ व्यक्ति देशभरि आइसोलेशनमा छन्।
प्रतिक्रिया