अब लघुवित्तले प्रति समुह ७ लाखसम्म कर्जा  दिन सक्ने

५ बर्ष अगाडि

काठमाडौं – अब लघुवित्त वित्तिय संस्थाहरुले स्वीकारयोग्य धितो राखेर कृषि, लघु वा व्यवसाय सञ्चालन गर्ने समुहलार्य ७ लाखसम्म कर्जा दिन पाउने भएको छ । यसअघि लघुवित्तले ५ लाख रुपैयाँसम्म कर्जा दिन पाउने थिए । तर, राष्ट्र बैंकले हालै एक निर्देशिका जारी गरेर यस्तो व्यवस्थागरेको हो । 
राष्ट्र बैंककाअनुसार लघुवित्तले विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका व्यक्तिहरुलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति समूह सदस्य बढीमा रु. ७ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सक्नेछन् ।
साथै, विगत २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका व्यक्ति वा समूह सदस्यको हकमा रु. १५ लाख रुपैयाँ सीमा कायम गरिएको छ, त्यसको सिमा पहिला १० लाख रुपैयाँ थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया