आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा १४.९ अंकले ओरालो लागेको छ ।
कारोबार सुरुबाटै ओरालो यात्रा तय गरेको परिसूचक दोस्रो घण्टाको अन्तिम सम्म आउँदा १४ अकंले ओरालो लागेको हो ।
आज १४५२.०८ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १४४०.८० को बिन्दुमा पुगेको छ ।
आज ११ बजे १४५२.०८ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.९७ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १वटा उपसमुह मात्र बढेका छन् ।
अहिले कारोबार भईरहेका १७६ कम्पनीको १५ लाख ३५ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ७२ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया