लघुवित्त तर्फ पनि कर्जा भुक्तानी अवधी थपियो, यस्तो छ नयाँ व्यवस्था

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्था तर्फ पनि कोभिड १९ प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको सावाँ तथा व्याज भुक्तानीको अवधी थप गरेको छ । नेपाल राष्ट्र बैंकले हालै एक निर्देशन जारी गर्दै गत असार मसान्तसम्म असुल हुनुपर्ने कर्जा हकमा यस्तो व्यवस्था गरेको हो । 

कोभिड–१९ को प्रभावको कारणले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको किस्ताको साँवा र ब्याज रकमलाई ऋणीले सञ्चालन गरेको लघु उद्यम, पेशा, व्यवसायमा परेको प्रभाव, सुचारु हुन लाग्ने समय, ऋणीको आवश्यकता आदिको मुल्याङ्कन गरी २०७७ असोज मसान्तभित्र एक पटकको लागि बढीमा ६ महिनासम्म भुक्तानी अवधि थप गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । 

यसरी भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम २०७७ चैत्र मसान्तभित्र समान किस्तामा असुल उपर गर्ने व्यवस्था गर्नु पर्ने निर्देशनमा उल्लेख छ । 
यस्त्र, यस्तो किस्ता रकम नियमितरुपमा भुक्तानी गर्ने ऋणीबाट कुनै प्रकारको  ब्याज÷ शुल्क÷हर्जाना÷ब्याजको ब्याज पनि लिन नपाइने राष्ट्र बैंकको निर्देशन छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया