आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १५.९६ अंकले ओरालो लागेको छ ।
कारोबार सुरुबाटै ओरालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १६ अकंले ओरालो लागेको हो ।
आज १४५२.०८ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४३८.९३ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १४५२.०८ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक १.१० प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य २ वटा मात्र उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १६९ कम्पनीको ७ लाख ३९ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३८ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया