काठमाडौं – नेपाल राष्ट्र बैंकले घ बर्गमा वित्तिय संस्था अर्थात् लघुवित्त वित्तिय संस्थाको लाभांश वितरणमा सिमा तोकेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा ताके बमोजिम मंगलबार एक निर्देशन जारी गर्दै लघुवित्तलाई लाभांश वितरणमा सिमा तोकेको हो ।
राष्ट्र बैंककाअनुार लघुवित्त वित्तिय संस्थाहरुले आर्थिक वर्ष २०७६÷७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउनेछन् ।
तर, यस्तो नगद लाभांश २०७७ असार मसान्तमा कायम बचत÷निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुन नदिने बताइएको छ ।
यस्तै, खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका लघुवित्तले भने कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने बताइएको छ ।
प्रतिक्रिया