लघुवित्तले असार भित्र आफ्नो प्रदेश बाहिरको शाखा बन्द गर्नुपर्ने

५ बर्ष अगाडि

काठमाडौं – एक भन्दा बढी प्रदेशमा शाखा कार्यालय खोलेर कारोबार सञ्चालन गरेका लघुवित्त वित्तिय संस्थाहरुले २०७८ असारभित्र आफ्नो प्रदेश भन्दा बाहिरको शाखाहरु बिक्री, वन्द वा स्थानान्तरण गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिकमा उल्लेख गरे बमोजीम मंगलबार एक निर्देशन जारी गर्दै यस्तो बताएको हो ।

यसअघि गत असार मसान्तभित्र नै लघुवित्त वित्तिय संस्थाहरुले आफ्नो प्रदेश भन्दा बाहिरको प्रदेशमा भएको शाखा बन्द, स्थान्तरण वा विक्री गर्नुपर्ने व्यवस्था थियो । तर, कोभिड १९ ले पुर्याएको असरलाई दृष्टिगत गर्दै एक बर्षको म्याद थपिएको हो । अब घ बर्गका उक्त वित्तिय संस्थाहरुले असार भित्र नै प्रदेश भन्दा बाहिरको शाखा बन्द गर्नुपर्ने छ, नभए तोकिएको चुक्तापुँजी पुर्याएर राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्था बन्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया