काठमाडौं – पछिल्लो समय नेपालमा मोवाइल बैंकिङ प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । डिजीटल बैंकिङका अन्य साधानहरुको प्रयोगकर्ताको तुलनामा मोवाइल बैंकिङ प्रयोगकर्ताको सख्या पनि बढी नै रहेको छ ।
नेपाल राष्ट्र बैंकको जेठसम्मको तथ्यांकले यस्तो देखाएको हो । जेठसम्म आउँदा मोवाइल बैंकिङ प्रयोगकर्ताको सख्या १ करोड भन्दा माथि पुगेको छ । राष्ट्र बैंककाअनुसार हाल मोवाइल बैंकिङ प्रयोगकर्ताका सख्या १ करोड ६ लाख ७० हजार ७२ पुगेको छ । २०७६ असारसम्म मोवाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार १८७ रहेको थियो ।
मोवाइल बैंकिङ प्रयोगकर्ताको तुलनामा डेविट कार्ड प्रयोगकर्ताको सख्या भने न्यून रहेको छ । मोवाइल बैंकिङ प्रयोगकर्ता १ करोड पुग्दा डेविट कार्ड प्रयोग गर्ने ग्राहकको संख्या ७२ लाख ४३ हजार १५३ मा सिमित रहेको छ ।
यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताको सख्या भने १ लाख ५६ हजार ७४९ पुगेको छ । राष्ट्र बैंककाअनुसार मुलुकभर एटीएम बुथको सख्या भने ३ हजार ९४५ रहेको छ ।
यस्तै, जेठसम्ममा इन्टरनेट बैंकिङ प्रयोग गर्ने ग्राहकको सख्या ९ लाख ९२ हजार ७२४ पुगेको छ । प्रिपेड कार्ड प्रयोगकर्ताको सख्या भने ६५ हजार ५३० पुगकेो राष्ट्र बैंको भनाइ छ ।
प्रतिक्रिया