काठमाडौं – नेपाली बजारमा पछिल्लो समय सुनको मुल्यले निरन्तर नयाँ किर्तिमान राख्दै आएको छ ।
सोही क्रममा आज बुधबार पनि सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ ।
बुधबार सुनको मुल्य प्रतितोला रु। ९८ हजार ५०० रुपैया कायम गरिएको छ, जुन हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।
हिजो सुनको मुल्य ९८ हजार २०० रुपैयाँ रहेको थियो । मगंलबारसम्ममा सोही मुल्यनै सर्वाधिक थियो ।
यस्तै, आजका लागि तेजावी सुनको मुल्य ९८ हजार ६५ रुपैयाँ तोकिएको छ ।
महासंघकाअनुसार आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको मुल्य प्रतितोला १२२५ रुपैयाँ तोकिएको छ।
प्रतिक्रिया