थप ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल सङ्क्रमितको संख्या १९ हजार नाघ्यो

५ बर्ष अगाडि

गएको २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक जनाको मृत्यु भएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी  दिएको छ।।

यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,०६३ पुगेको छ।

अहिलेसम्म ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १२१ जना निको भएसँगै अहिलेसम्म १३,८७५ जना रोगमुक्त भएका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया