काठमाडौं – मंगलबार कारोबारको पहिलो घण्टामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३.९१ अंकले घटेको छ । आज ११ बजे १४६३.८१ विन्दुबाट नेप्से कारोबार सुरु भएको थियो, १२ बजेसम्म आउँदा उक्त परिसुचक १४५८.५७ विन्दुमा झरेको छ ।
एक घण्टाको अवधीमा ३२ करोड ५० लाख ५७ हजारको शेयर कारोबार भएको छ । हालसम्म १६१ कम्पनीको ७ लाख ८४ हजार ६६१ कित्ता शेयरको ५ हजार ४३३ पटक शेयर कारोबार भएको छ ।
प्रतिक्रिया