सुनको मुल्यको निरन्तर नयाँ किर्तिमानः आज तोलाको कति पुग्यो ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाली बजारमा पछिल्लो समय सुनको मुल्यले निरन्तर नयाँ किर्तिमान राख्दै आएको छ । सोही क्रममा मंगलबार पनि सुनको मुल्य तोलामा ७०० रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ । 
मंगलबार सुनको मुल्य प्रतितोला रु. ९८ हजार २०० कायम गरिएको छ, जुन हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । 
हिजो सुनको मुल्य ९७ हजार ५०० रुपैयाँ रहेको थियो । सोमबारसम्ममा सोही मुल्यनै सर्वाधिक थियो । 
कोभिड १९ का कारण पछिल्लो सयम अन्तरराष्ट्रिय बजारमा सुनको मुल्य बढेको छ, त्यसकै असरले नै नेपालमा सुनको मुल्य बढेको हो  
यस्तै, आजका लागि तेजावी सुनको मुल्य ९७ हजार ७६० रुपैयाँ तोकिएको छ । 
महासंघकाअनुसार आज चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला १२४५ रुपैयाँ तोकिएको छ, जुन हालसम्मकै उच्च हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया